२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

नेपालमा संक्रमित २६२४ थप, संक्रमणबाट २० जनाको मृत्यु

प्रकाशित मिति : २०७८ श्रावण ३० गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९४७ र एन्टिजेन विधिबाट ६७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिफ्रिङ मार्फत जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ३० हजार ४७९ र एन्टिजेनबाट ७४ हजार ७११ जना पुगेको छ ।
यस्तैगरी थप १३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ जना पुगेको छ । जसअनुसार निको हुनेको दर ९३.२ प्रतिशत छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार २५९ पुगेको छ ।

- ADVERTISEMENT -