January 14, 2025
- ADVERTISEMENT -

गुण एयरलाइन्सले भरतपुर विमानस्थलमा उडान सेवा दिने

August 15, 2021

चितवन / यति एयरलाइन्सले भरतपुर–काठमाडौं–पोखरा उडानको सेवा बन्द भएपछि गुण एयरलाइन्सले सेवा दिने भएको छ । सम्भवत आउंँदो भदौ १० देखि सेवा शुरु गरिने उडान कम्पनीको योजना रहेको छ । हाल कम्पनीले पहिले सञ्चालनमा आएको सिम्रिक एयरलाइन्सको काउण्टरबाट सेवा दिन सोही ठाउंँमा आफ्नो टिकट काउण्टर राख्ने तयारी गरिएको छ ।
कम्पनीका एक कर्मचारी कुलराज शर्माले गुणएयरलाइन्सले भरतपुर–काठमाडौं सेवा शुरु गर्न लागेको जानकारी दिए । उनले निषेधज्ञा कडाई भएन भने भदौ १० गतेबाट सेवा शुरु गर्ने योजना भएको बताए । सुरुवाती क्षण एउटा उडानबाट सेवा शुरु गरिने र यात्रुको चाप र आवश्यकता अनुसार उडान संख्या थप्दै लगिने बताइएको छ ।
गुण एयरलाइन्सको १८ सिटे र २९ सिटे जहाज सञ्चालनमा ल्याइने उनले जानकारी दिए । यति एयरलाइन्सले सेवा बन्द गरेपछि बुद्ध एयरले हाल भरतपुरबाट काठमाडौं ९ वटा उडान र पोखरा एउटा उडान भर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -