चितवन / प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ ।
चौतारीले कोरोना भाइरसको संक्रमण, बाढी, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो ।
प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवालको तीन सदस्यीय समिति गठन गरिएको छ ।
छनौट भएका दुई पत्रकारले जनही १०÷१० हजार रकम पुरस्कार पाउने छन् । एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्व सचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कंडेलले जोखिम मोलेर जनतालाई सुसूचित गर्ने पत्रकारहरुलाई सो पुरस्कार दिने भएको हो ।
यस्तै चौतारीले शैक्षिक प्रतिभा पुरस्कार दुई जनालाई वितरण गर्ने भएको छ । पत्रकारिता विषय लिएर स्नातक तह र पत्रकारिता विषयमा प्लस टू मा सबैभन्दा धेरै अंक ल्याएर जिल्ला प्रथम हुने एक÷एक जनालाई शैक्षिक प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताइएको छ ।
उक्त पुरस्कारको संयोजन नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले गरेका हुन् ।
- ADVERTISEMENT -
चौतारीले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने
August 22, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -