January 13, 2025
- ADVERTISEMENT -

चितवनमा संक्रमित घट्दै, आज ९७ जनामा कोरोना पुष्टि

August 27, 2021

चितवन / चितवनमा ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ५९ जना, खैरहनी नगरपालिकाका १२ जना, माडी नगरपालिकाका चार जना, रत्ननगर नगरपालिकाका ११ जना, राप्ती नगरपालिकाका ६ जना र कालिका नगरपालिकाका पाँच जना रहेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये ७८ जना पिसिआरबाट र १९ जना एन्टिजेनबाट संक्रमण पुष्टि भएको हो ।
यसैगरी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
त्यसैगरी विभिन्न अस्पतालबाट २२ जना संक्रमणमुक्त भएर घर फिर्ता भएका छन् । भरतपुर अस्पतालबाट ११ जना, चितवन मेडिकल कलेजबाट पाँच र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट दुई जना संक्रमित ‘डिस्चार्ज’ भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै जिल्लाका निजी अस्पतालबाट एक जना र कालिका नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रबाट तीनजना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय चितवनमा संक्रमित संख्या घट्दै गएको तथ्यांकले देखाएको छ भने संक्रमणमुक्त हुनेको संख्यामा पनि वृद्धि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -