February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

केरा व्यवसायबाट वार्षिक २० लाख आर्जन गर्दै अमगाईं

August 29, 2021

चितवन / किसानले औधी रुचाएको व्यवसाय केरा खेती पनि एक हो । पछिल्लो समय किसानहरुको केरा खेतीतर्फ आकर्षण बढ्दै गएको पाइएको छ । विगाहौं जग्गा भाडा लिएर भए पनि किसानहरुले यसतर्फ लगानी गरेको चितवनमा भेटिन्छ ।
यस्तै एक किसान अमृत अमगाई पनि हुन् । उनी लायन्सचोक नारायणगढको पुरानो सब्जीमण्डीमा केराका थोक बिक्रेता हुनन् । उनले उक्त सब्जीमण्डीमा दुईवटा सटर भाडामा लिएर केराको होलसेल व्यापार गर्दै आएका छन् । उनी व्यापारी मात्र होइन नभएर किसान पनि हुन् । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ सूर्यपुर, प्रगतिटोल निवासी अमगाईले ७ बिगाहा जमिन भाडामा लिएर केरा खेती गर्दै आएको पनि ५ वर्ष बितिसकेको छ ।
२०६२ सालमा एस.एल.सी. उत्तीर्ण गरेका उनी आर्थिक अवस्था कमजोर भएकै कारण नेपाल मा.वि.को १२ कक्षासम्मको पढाई सिध्याएर वैदेशिक रोजगारीका क्रममा कतार जान बाध्य भएका थिए । पढाइमा अब्बल भएपनि घरायसी ऋण तिर्नुपर्ने बाध्यताले ६ वर्ष कतार बसेर घर फर्केका हुन् ।
पढाई पूरा गर्ने र देशमै केही गर्नुपर्छ भन्ने सानैदेखिको सोचले विदेशमा ऋण तिर्न मात्र गएका थिए । घरको ऋण तिरिसकेपछि नेपाल फर्केर उनले केरा खेती र व्यवसाय दुबै गर्दै आएका छन् ।
व्यवसाय गर्नकै लागि बैंकबाट सहुलियत ऋण समेत लिएका अमृतले वार्षिक करिब ५० लाखभन्दा बढीको कारोबार गर्ने गरेको उनी बताउँछन् । वार्षिक २० लाख रूपैयाको हाराहारीमा कमाई समेत हुने गरेको उनको भनाइ छ ।
अमगाईले कृषि कर्मको अतिरिक्त पढाईलाई पनि सँगसँगै लैजाने कार्य गरिरहेका छन् । पढेर डिग्री पास गर्ने धोको रहेको र विदेशबाट फर्किएर २०७४ सालमा वीरेन्द्र क्याम्पसमा समाजशास्त्र विषयमा स्नातक तहमा भर्ना भएर उनले स्नातक समेत पास गरेका छन् । उनको अध्ययनलाई नियमि गर्दै डिग्रीसम्मको अध्ययन पूरा गर्ने लक्ष्य राखेका छन् ।
बुबा पदमप्रसाद अमगाईको मौरीपालन व्यवसायमा समेत सहयोग गर्दै आएका उनी सामाजिक क्षेत्रमा पनि उत्तीकै क्रियाशील छन् । कालिका जेसिजका संस्थापक कार्यकारिणी उपाध्यक्ष तथा हाल महासचिवमा रहेर उनले काम गर्दै आएका छन् ।
७ वर्षका छोरीका बुबा अमृतलाई हरेक काममा उनकी श्रीमतीले साथ दिँदै आएकी छिन् । विदेशको राम्रो कमाइभन्दा पनि आफ्नो माटोमा केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएका उनी यसैकारण कृषि क्षेत्र रोजेको उनको भनाइ छ ।
हरेक बिहान उनी नारायणगढको सब्जीमण्डीमा केरा व्यापार गर्दछन् भने सिजन अनुसार सुन्तला र तरकारी समेत विक्री गर्ने गरेको उनी बताउँछन् । छिमेकी किसानहरूको समेत केरा खरीद गरी आफ्नै मण्डीबाट बिक्री गर्दै आएको उनी बताउँछन् ।
केरा खेती गर्दा समयमा नै मल नपाउने, रोगको समस्या र भाडामा जग्गा पाउन मुश्किल हुँदा केरा खेतीलाई वृद्धि गर्न नसकेको उनी दुःखेसो गर्छन् । भारतबाट आउने केरा लगायतका कृषिजन्य पदार्थले देशभित्र भएका उत्पादनले राम्रो बजार नपाएको समेत उनी बताउँछन् । सरकारले किसानको हित तथा कृषि क्षेत्र विकासको लागि यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -