भरतपुर / वरिष्ठ हाडजोर्नी रोग विषेशज्ञ प्राडा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले ४४औँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी पाएको छ ।
यसअघि पनि ३६औँ प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिसकेका प्राडा पौडेलले यही हप्ता पुनः दोस्रो पटक अस्पतालको मेसुको जिम्मेवारी पाएका हुन् । केन्द्रीय अस्पतालको रूपमा विकास भइसकेको अस्पतालमा कार्यकारी निर्देशक हुनुपर्ने आवाज उठ्दै आए पनि कानुनी प्रकृया पूरा भइनसकेकोले हालसम्म मेसु नै हुने व्यवस्था रहेअनुसार डा पौडेललाई नयाँ मेसुको रूपमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नियुक्त गरेका हुन् ।
उनी लामो समयदेखि अस्पतालकै हाडजोर्नी रोग विषेशज्ञको रूपमा कार्यरत छन् । यसअघि डा रोशन न्यौपाने मेसु भएर चितवन आए पनि खासै काम गर्न नसकेपछि छोटो समयमै मेसु परिवर्तन भएको हो । त्यसो त भरतपुर अस्पतालले वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा रूद्रप्रसाद मरासिनीले करिब चार वर्ष प्रमुख मेसु भएर काम गरे पनि त्यसबाहेकका कुनै पनि मेसुले एक वर्ष समय दिएको पाइँदैन ।
पछिल्लो एक वर्षकै तथ्यांक हेर्ने हो भने पनि भरतपुर अस्पतालमा सात जना मेसु फेरिइसकेका छन् । वि.सं. २०७७ भदौ २८ गते तत्कालीन मेसु डा श्रीराम तिवारी सरूवा गरेर डा राजन पाण्डेलाई मेसु बनाए पनि मङ्सिर ८ गते उनी पनि सरूवा भएपछि डा जगन्नाथ तिवारीले निमित्त मेसुको जिम्मेवारी पाए । तिवारीले निमित्त मेसुको जिम्मेवारी सम्हालेको तीन महिनापछि डा वासुदेव पाण्डे मेसु बनेर आए । उमेर हदका कारण उनले गत वैशाख ४ गते सेवा निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई नै निमित्त मेसुको जिम्मेवारी ताकिइए ।
त्यसपछि गत जेठ १३ गते मेसु बनेर आएका डा रोशन न्यौपाने पनि सरूवा भएपछि डा पौडेल ४४औँ मेसु बनेका हुन् । हालसम्म अस्पतालले स्थायी मेसु नपाउँदा भद्रगोल बनेको अस्पताललाई क्रमिकरूपमा सुधार गर्दै लैजाने डा पौडेलले प्रतिवद्धता जनाए । अस्पतालमा वर्षमै सात जना मेसु फेरिएपछि बिरामीले पाउने सेवामा असर त यसै पनि छँदैछ, हरेक पटक नीति बनाएर पनि लागू गर्न नसक्ने समस्या रहेको अस्पताल विकास समितिले जनाएको छ ।
अस्पतालका मेसुसँग बसेर नयाँ नयाँ योजना बनाए पनि कार्यान्वयन गर्ने बेला नयाँ मेसु आएपछि कुनै पनि काम प्रभावकारी हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी बताउँछन् । डा पौडेल चितवनकै स्थानीय भएकोले पनि अन्य मेसुले भन्दा राम्रो काम गर्न सक्ने आँकलन गरिएको छ । डा पौडेलले पनि अस्पतालमा कार्यरत कर्मचारीभित्रको राजनीतितन्त्रलाई कम गर्दै अस्पतालको विकासमा ध्यान दिने बताएका छन् ।
डा पौडेल स्वास्थ्य क्षेत्रमा मात्र नभई नेपाली साहित्य क्षेत्रमा पनि सक्रिय छन् । ‘खुसीहरूको वनवास’ कविता संग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ निबन्ध संग्रह गरी दुईवटा कृति प्रकाशनमा ल्याइसकेका छन् भने तेस्रो कृति प्रकाशनको तयारीमा छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

अस्पतालले स्थायी मेसु नपाउँदा उपचार सेवा सधैँ भद्रगोल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












