इराक / किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो । उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रहरी मेजर अब्बास अल–ताइले सिन्ह्वालाई बताएअनुसार आईएस आतंकवादीले शनिबार रात बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका छन् ।
अल–ताइ भने– “चौकीमा भएको आक्रमण पछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका छन् भने अरू छ जना घाइते भएका छन् ।” आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाथ गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।
सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको थियो । यस क्रममा दर्जनौँ सुरक्षाकर्मी सर्वसाधारण र आइएस लडाकू समेतको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महशुस गरिएको थियो । तथापि, सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आइएसले आफ्नो अस्तित्व देखाउने प्रयास गर्दै आएको छ । -एजेन्सी
उत्तरी इराकमा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












