चितवन । नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन आज गर्दैछ। पार्टीको १४औँ महाधिवेशनअन्तगर्त दोस्रो चरणको अधिवेशन हुन लागेको हो।
गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनले वडा तहको नेतृत्व छानिसकेको छ। अब आजदेखि सुरू नभएको गाउँ तथा नगरअधिवेशनले पालिकामा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि सबै पालिकामा निर्वाचन प्रकृया आजैदेखि सुरू भएको छ।
गत भदौ २१ देखि २५ गतेसम्म भएको वडा अधिवेशनबाट निर्वाचिन वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिले पालिकामा नेतृत्व चयन गर्न पाउने छन्। पालिका अधिवेशनमा नेतृत्व छान्नको लागि चितवनको सातवटा पालिकामा गरी कुल दुई हजार ९१३ जना मतदाता छन्।
भरतपुरमा एक हजार ४७०, रत्ननगरमा ४२३, खैरहनीमा २९४, राप्तीमा २२५, कालिकामा २२०, माडीमा १४८ र इच्छाकामना गाउँपालिकामा १३३ जना क्षेत्रीय प्रतिनिधि छन् । जसमा ९८ जना वडा सभापतिहरू छन्। क्षेत्र नं। १ मा ९४२, २ मा ९९१ र ३ मा ९८० जना मतदाता छन्। पालिकामा हुने कार्यसमितिमा भने पालिकाअनुसार फरक फरक हुन आउँछ।
भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै वडा भएकोले भरतपुरमा सबैभन्दा बढी क्षेत्रीय प्रतिनिधि चुनिएका छन्। त्यसैले नगर समितिमा सबैभन्दा बढी कार्यसमिति पनि भरतपुरमै गठन हुने जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले जानकारी दिए। पदाधिकारी भने सबै वडामा समान हुने व्यवस्था छ।
पार्टीको विधानअनुसार सात जनाको पदाधिकारी सबै वडामा हुनेछन्। सदस्यहरू मात्रै हेर्ने हो भने भरतपुरमा १४५, रत्ननगरमा ८०, राप्ती र खैरहनीमा समान ६५र६५, कालिकामा ५५, माडीमा ४५ र इच्छाकामनामा ३५ जना सदस्य निर्वाचित हुनेछन्।
त्यसको लागि उम्मेदवारी घोषणा गरिसकेका नेताहरू मतदाताको घरदैलोमा चहारिरहेका छन्। सामाजिक सञ्जालको पनि भरपुर प्रयोग गर्दै भोट माग्दै हिँडेका छन्।
सहमति हुने संभावना ज्यादै कम
चितवनको सातवटै पालिकामा नेताहरूबीचको प्रतिष्पर्धा कडा हुने कांग्रेस चितवनले जनाएको छ। वडा तहमा जस्तै सहमतिमा सहजता नभएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए।
‘सबै पालिकामा दुईरदुई प्यानल आउने संभावना छ,’ उनले भने, भरतपुरमा अझ बढी छ।’ आज दिनभरीमा पनि सहमतिको प्रयास जारी रहने उनले बताए। ‘सहमतिमा आउन नसके लोकतान्त्रिक विधिमार्फत चुनाव हुन्छ,’ उनले भने, ‘हाम्रो चाहना के हो भने, वडामा जस्तै सौहार्दपूर्ण तरिकाले नेतृत्व चुनिन पाइयोस् भन्ने छ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कांग्रेसको गाउँ तथा नगर अधिवेशन आज, २९१३ जना मतदाता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20














