भरतपुर / भरतपुर अस्पतालले आफ्नो सेवालाई थप बिस्तार गरेको छ । अस्पतालले आज सोमबार बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि सेवा शुरु गरेको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले आजबाट जनरल ओपिडी सेवा शुरु गरिएको जानकारी दिए । जनरल ओपीडीमा विरामीले आफ्नो समस्या बताएपछि सम्बन्धित विषय विज्ञ चिकित्सक समक्ष रिफर गर्ने गर्दछ ।
यसअघि ओपीडी मार्फत सेवा दिंँदा बिरामीहरुको बढी चाप र अन्योलको अवस्था सिर्जना भएको थियो । मेसु पौडेलले पहिलेदेखि नियमित गरिएको ओपडि सेवासंँगै आजदेखि जीओपीडी सेवा सञ्चालन गरिएको जानकारी दिए । एक सेवा थप भयो । अर्को कुरा विरामीले सम्बन्धित रोगको डाक्टरसंँग सिधै भेट हुने भयो । उनले भने ।
जसले गर्दा समयको बचत, छिटो सेवा र चाप कम हुनुका साथै सेवामा गुणस्तरियता बढ्ने उनको भनाइ छ । नेपालका केही अस्पतालमा पनि लागू भए पनि भरतपुर अस्पतालमा सोमबारदेखि यो सेवा शुरु गर्न लागिएको हो ।
भरतपुर अस्पतालमा टिकट काट्न र ओपिडी परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आइरहेको समयमा अस्पतालले सेवा विस्तार गरेको हो । डा. पौडेलका अनुसार छिट्टै अनलाईनबाट ओपिडि टिकट काट्ने व्यवस्था गरिने भएको छ ।
भरतपुर अस्पतालमा ओपीडीसंँगै जनरल ओपिडी शुरु
October 4, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
