कावासोती / कावासोतीमा २६ हजार बढी नगदसहित पांँच जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार आज शनिबार अपरान्ह सांँढे ३ बजे कावासोती नगरपालिका वडा २ शान्तिटोलस्थित चेतनारायण काफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडे पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं २ शान्तीटोलका ५४ को डिल्लीराम पौडेल, सोही स्थानका अर्जुन कंडेल,भुपराज चापागाई दुर्गा दत्त कंडेल र ठाकुराम थापा रहेका छन । उनीहरुको साथबाट नेरु २५ हजार ८६५ र भारु ९५० बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कार्यालय नवलपरासीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) दिलिपकुमार गिरीले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता गिरीले बताए ।
कावासोतीमा २६ हजार बढी नगदसहित पांँच जुवाडे पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
