२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

६७औं राष्ट्रिय फिल्म अवार्ड : कंगना र मनोज उत्कृष्ट

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते
- ADVERTISEMENT -

एजेन्सी / भारतमा ६७औं राष्ट्रिय फिल्म अवार्ड वितरण कार्यक्रम सम्पन्न गरिएको छ । ‘मर्णिकर्णिका’ र ‘पंगा’ फिल्मबाट अभिनेत्री कंगना रनावतले सोमबार सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी हुन् ।
यस्तै मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।
यसैगरी साजिद नाडियावालाले निर्माण गरेको ‘छिछोरे’ले ६७औँ राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट हिन्दी फिल्म अवार्ड प्राप्त गरेको छ ।
निर्माता साजिदले सामाजिक सञ्जाल ट्विटरमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूत र आफ्नो फोटो राख्दै उक्त अवार्ड सुशान्तलाई समर्पित गरेको बताएका छन् ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा सुशान्तसहित श्रद्धा कपूर, वरुण शर्मा, नवीन पोलिसेट्टी, तुशार पाण्डेलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
सन् २०२० मै प्रदान गर्ने भनिएको अवार्ड कोरोनाका कारण समयमा हुन पाएको थिएन । गत मार्चमा घोषणा गरिएको ६७औँ राष्ट्रिय फिल्म अवार्ड सोमबार वितरण गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -