२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

समाजवादी प्रेस संगठन नेपालको शुभकामना आदानप्रदान

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते
- ADVERTISEMENT -

चितवन । समाजवादी प्रेस संगठन नेपाल चितवनले शुभकामना आदानप्रदान कार्यक्रम सौराहामा सम्पन्न गरेको छ ।

नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपाल चितवनले शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको चाडपर्वलाई लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद खनालले आवश्यक ऐन कानुन निर्माण गरी प्रदेशको विकास गर्ने बताए ।

प्रदेश सरकारले पत्रकारहरुको हक हित र सुरक्षाका लागि भेदभाव नगर्ने मन्त्री खनालको भनाइ थियो । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनले जिकिर गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका चितवन जिल्ला अध्यक्ष कृष्ण पन्त, रत्ननगरका अध्यक्ष बद्री घिमिरे, बागमती प्रदेश समिति सदस्य अर्जुन ढकाल, बागमती प्रदेश सदस्य बाबुराम पाठक, विजय खनाल, हरि अधिकारी, होमनाथ सापकोटा लगायतले शुभकामना साटासाट गरेका थिए ।

कार्यक्रम समाजवादी प्रेस संगठन चितवनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -