चितवन । पूर्वी चितवनको राप्तीमा ४८ बिघा क्षेत्रफलको गाँजा खेती नष्ट गरिएको छ ।
राप्ती वडा नम्बर १० र ११ मा सोमबारदेखि बुधबारसम्म ४८ बिघा गाँजा खेती नष्ट गरिएको हो । अवैध गाँजा तथा अफिम फडानी कार्यक्रम अन्तर्गत राप्तीमा जिल्ला प्रहरी कार्यालय चितवन र मातहत कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको लागु औषध नियन्त्रण ब्युरोले गाँजा नष्ट गरेको हो ।
- ADVERTISEMENT -

यस्तै सूचना संकलन तथा स्थानीयसँग अन्तरक्रिया समेत गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले बताए ।


















































