२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा एचआईभी सङ्क्रमित शिशुलाई औषधिको अभाव

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते
- ADVERTISEMENT -

चितवन / एचआईभी संक्रमित नवजात शिशुका लागि औषधि प्रयाप्त नहुँदा समस्या भएको छ । चितवनको एड्स हेल्थ केयर फाउण्डेसनमा विगत ६ महिनादेखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आवकश्यक पर्ने औषधि नहुँदा समस्या भएको हो । फाउण्डेसनले विगत ६ महिनादेखि औषधिको अभाव भएको जनाएको छ ।
भरतपुर अस्पतालमा सञ्चालन हुँदै आएको एण्टी रेक्ट्रो भाइरल थेरापि क्लिनिक (एआरटि)का सम्पर्क व्यक्ति तथा वालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार क्लिनिकमा नवजात शिशुहरुका लागि आवश्यक पर्ने जिडोभूटीन नामक औषधिको अभाव भएको हो ।
उनका अनुसार औषधि उच्च जोखिममा रहेका बालबालिकाहरुका लागि दिइने गरिन्छ । नियमित औषधि सेवन नगर्ने आमा, प्रसुति हुने अवस्थामा सङ्क्रमण पुष्टि भएकी आमा र एचआईभि सङ्क्रमण पुष्टि भएर औषधि सेवन गरेको ८ हप्ता नपुग्दै बच्चा जन्माउने आमाबाट जन्मिएका बच्चाहरुमा यो औषधिको प्रयोग हुने उनले बताए ।
उक्त औषधि एचआईभि सङ्क्रमित आमाबाट जन्मिएका बच्चाहरुलाई तीन महिनासम्म नियमित खुवाउनु पर्ने हुन्छ । जिल्लामा सन् २०२१ को हाल सम्म १२ जना सङ्क्रमित आमाले १३ जना वच्चा जन्माएका छन् । ती मध्ये पाँच जना उच्च जोखिममा रहेका छन् । उनीहरुलाई औषधिका अभावका कारण सङ्क्रमण हुने होकी भन्ने चिन्ता थपिएको उनले भने ।
उच्च जोखिममा रहेका बच्चाको लागि औषधि नभएको उनको भनाइ छ । कम जोखिममा रहेका बच्चाहरुलाई ६ हप्ता सम्मका लागि नेभिरापिन नामक औषधिको प्रयोग गर्नु पर्ने हुन्छ । उच्च जोखिममा रहेका बालबालिकाहरुलाई समेत सोही औषधिको प्रयोग गराइएको उनले भने ।
एचआईभि सङ्क्रमित आमाबाट जन्मिएका बच्चाहरुलाई दुई घण्टाभित्र औषधि खुवाउनु पर्ने हुन्छ । यस्तै अहिले क्लिनिकमा अन्य रोगको सङ्क्रमण रोकथामका लागि प्रयोग हुने कोटीमोक्साजोल र क्षयरोगका बिरामीले प्रयोग गर्ने आइपिटि नामक औषधि विगत १० महिनादेखि अभाव रहेको उनले बताए ।
औषधिका कारण अहिले ३ सय जना विरामी प्रभावित भएको बताइएको छ । सरकारले समयमा औषधि खरिद गर्न नसक्दा समस्या आएको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -