२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पञ्चशील गुम्बाद्वारा देवघाटमा छाडियो १५ हजार माछाका भुरा

प्रकाशित मिति : २०७८ मंसिर ४ गते
- ADVERTISEMENT -

–प्रमिला तामाङ
चितवन । चितवनस्थित देवघाटको नदिमा पन्ध्र हजार माछाका भुरा छाडिएको छ । श्री विश्व पञ्चशील शान्ति बुद्ध गुम्बाको आयोजनामा पन्ध्र हजार माछाका भुरा नदीमा छाडिएको हो । उक्त पन्ध हजार माछाका भुरा लामाटोल, भोजाड, सौराहा क्षेत्रपुरका तामाङ र गुरुङ समुदायले संयुक्त रुपमा छाडेका हुन् ।
गुम्बाकी अध्यक्ष शिवकुमारी लामाले सबै प्राणीको दीर्घजीवनको लागि पाँच जना लामा गुरूहरूबाट प्राणप्रतिष्ठा गरी देवघाट पुगेर माछा छाडिएको बताइन् । उनका अनुसार उक्त माछाका भुरालाई धार्मिक विधिअनुसार प्राणप्रतिष्ठा गरेर छाडिएको हो ।


धार्मिक विधि पूरा गरे मनले चिताएको पूरा हुने र दीर्घजीवन पूरा हुने विश्वास गरिने हुँदा नदी किनार पुगेर प्राणप्रतिष्ठा गरेपछि मात्रै नदीमा छाडिएको गुम्बाका प्रमुख लामा गुरू खेन्पो दावा तामाङले जानकारी दिए । ‘लामा गुरूहरूले धार्मिक विधिअनुसार पूजापाठ गरेर मात्रै नदीमा छाड्नुपर्छ, त्यसो गर्दा लक्ष्य प्राप्ति हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।
भरतपुर नगर तामाङ समाजकी अध्यक्ष पासाङ तामाङका अनुसार विश्व शान्तिको लागि ठूला सागरमा माछा छाड्ने चलन बौद्ध धर्मावलम्बीहरूको मुख्य धार्मिक परम्पराभित्र पर्छ । ‘बौद्ध धर्मावलम्बीहरूले गर्ने धार्मिक कार्यमध्ये यो पनि एउटा महत्वपूर्ण विधि हो,’ उनले भनिन्, ‘यो परम्परा वर्षौँदेखिको भए पनि हामीले दोस्रो पटक गरेका हौँ ।’
चितवनमा धेरै ठाउँको मानिसहरू भेला भएर बसेको हुँदा पुराना संस्कारलाई बिस्तारै पुनर्ताजगी गराउने प्रयास भइरहेको उनको भनाइ छ । यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै जाने उनले बताइन् । ‘हरेक प्राणीको दीर्घजीवनको लागि यो नै सबैभन्दा उत्तम विधि हो,’ उनले भनिन् ।
गुम्बाले यसअघि पनि देवघाटमै गुम्बाले माछा छेथार कार्यक्रम गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88