२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेसको १४औँ महाधिवेशन : चितवनबाट को को छन् आकांक्षी ?

प्रकाशित मिति : २०७८ मंसिर १५ गते

चितवन / पार्टी स्थापना भएको आठ दसकतर्प लम्किँदै गर्दा नेपाली कांग्रेसको केन्द्रीय समितिमा चितवनले स्थान पाउन सकेको छैन । चितवनबाटै निर्वाचित तत्कालीन पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्री भएर संविधान पारित गरे । तर, चितवनका नेताहरूले अहिलेसम्म केन्द्रीय समितिमा जाने अवसर भने पाउन सकेका छैनन् । हरेक महाधिवेशनमा उमेदवारमै सीमित बन्दै आएको कांग्रेसले यसपटकको महाधिवेशनमा पनि रित्तो हात फर्किनुपर्ने त होइन ? भन्ने प्रश्च उठेको छ ।
यसपटकको चौधौँ महा–धिवेशनको लागि चितवनबाट वर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, संविधान सभा सदस्य एवम् पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे, निवर्तमान जिल्ला सभापति टेकप्रसाद गुरूङ, नेता दिनेश कोइरालालगायतले आकांक्षी देखाएका छन् । दिनेश कोइराला यसअघिको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि पार्टीबाट टिकट पाएर पनि मनोनयन गर्ने अघिल्लो दिन टिकट फिर्ता गराएका व्यक्ति हुन्, जसले गर्दा त्यतिबेला पनि उनको चर्चा राम्रै चल्यो ।
यतिखेर पनि केन्द्रीय समितिमा उमेदवारी घोषणा गरेर चर्चा कमाएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा आफूले पाएको टिकट पनि छाड्नुपर्दाको पीडामात्र नभई कांग्रेसले आफ्नै चुनाव चिन्ह ‘रूख’लाई छाडेर माओवादीको चुनाव चिन्ह ‘हँसिया हथौडा’ समर्थन गर्नुपरेको थियो । त्यसयता पार्टीको जिल्ला तहका नेताहरूले केन्द्रको गुलामी नबन्ने उद्घोष गर्दै आएका छन् । घिमिरे तत्कालीन पार्टी सभापति कोइरालाले चितवन क्षेत्र नं. ४ छाडेपछिको उपनिर्वाचनमा बिजयी बनेका थिए । तर, चितवनबाट निर्वाचन जितेर सांसद बनेका कुनै पनि नेता केन्द्रीय समितिमा अटाउन नसक्नु दुःखद हो ।
आफ्ना कार्यकर्ताको भावना नबुझेको भन्दै केन्द्रीय नेतृत्वसँग रूष्ट बन्दै आएको चितवन कांग्रेसबाट केन्द्रीय समितिमा जान चाहेका माथि उल्लेखित नामका व्यक्तिहरूको सम्भावना के कति भन्ने कुरा निर्वाचनले टुंगो लगाउला । तर, यसपटक चितवनले केन्द्रीय सदस्य पाउने आशा पनि बढेको छ । पार्टी सभापति जीतनारायण श्रेष्ठसहित चार जनाले उमेदवारी घोषणा गर्दा एक जना त कसो नआउला भन्नेहरू पनि छन् ।
जसले जिते पनि चितवनले केन्द्रीय सदस्य पायो भने चितवनबाट केन्द्रीय सदस्य बन्ने इतिहासमै पहिलो व्यक्तिको रूपमा दरिनेछन् ।
उमेदवारी घोषणा गरेका सबै नेताले चितवन कांग्रेस कमजोर बन्दै गएका कारण केन्द्रीय समितिमा प्रवेश पाए चितवनको कांग्रेसलाई सुधार्ने प्रयन्त रहने बताउँदै आएका छन् । केन्द्रीय तहका नेताले भनेकै मान्नुपर्ने बाध्यताको अन्त्य गर्न पनि उमेदवारी घोषणा गरेको नेताहरूले बताउँदै आएका छन् । ‘हाम्रा नेता केन्द्रमा पुग्न नसक्दा चितवनवासी कांग्रेसको मनोभावना बुझ्ने कोही भएनन्,’ केन्द्रीय सदस्य पदका उमेदवार श्रेष्ठले भने, ‘कम्तिमा हामीलाई जिताए भने हामी बुझ्ने प्रयास गर्छौँ । चितवनका कुरा केन्द्रीय समितिसमक्ष सुनाउने छौँ ।’ केन्द्रीय समितिको महाधिवेशन यही मंसिर २१ गतेदेखि सुरू हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09