काठमाडौं / विवेकशील साझा पार्टीले भोलि शनिबार ललितपुरमा आमसभा गर्ने भएको छ । पार्टीले पहिलो पटक उपत्यकामा बृहत् आमसभा गर्ने भएको हो ।
पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो । उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्ताबेजलाई पारित गरेको छ ।
शनिवार आयोजना गर्न लागिएको एकता सभामा पार्टीका अध्यक्ष मिश्रका साथै पार्टीका नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

विवेकशील साझाले ललितपुरमा आमसभा गर्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












