२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

रत्ननगर महोत्सव पौष २७ देखि सुरु, कृषि र पशुजन्य व्यवसायलाई विशेष जोड

प्रकाशित मिति : २०७८ पुष ८ गते

–प्रमिला तामाङ
चितवन । रत्ननगर उद्योग वाणिज्य संघले १३औं रत्ननगर महोत्सव आयोजना गर्ने भएको छ । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा पौष २७ गतेदेखि माघ ८ गतेसम्म १३औं रत्ननगर महोत्सव आयोजना हुने बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक अनिलकृष्ण श्रेष्ठका अनुसार १३औं संस्करणको रत्ननगर महोत्सवमा कृषि र पशुजन्य व्यवसायलाई जोड दिइने बताए ।
उनले बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिचाई प्रविधि, केरा माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि र पशुजन्य व्यवसायलाई महोत्सवमा विशेष स्थान दिइने उनको भनाइ छ ।
उनले महोत्सवमा स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसंघ सम्बन्धित सेवा, प्रविधि एवं मल बिउ बिजनहरुको प्रदर्शनी गरिने जानकारी गराए । महोत्सव अवधिभर कृषिसँग सम्बन्धित गोष्ठी तथा अन्तरक्रिया पनि हुनेछ । चितवनको विकासका लागि आर्थिक क्षेत्रको स्थापना र चुनौतीका विषयमा पनि गोष्ठी हुने उनले जानकारी दिए ।
महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि, माछाको भुराको प्रदर्शनी गरिनेछ । यस्तै माछापालन गर्ने तरिका तथा बजारिकरणको बिषय, अत्याधुनिक माछासहितको पोखरी। माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल र सचेतनामुलक सामाग्रीलाई पनि बिशेष प्राथमिकता दिइने उनले बताए ।
कृषिसँगै पर्यटन प्रवर्द्धनलाई पनि जोड दिईने रत्ननगर उवासंघका अध्यक्ष श्रेष्ठको भनाइ थियो । जस अन्तर्गत साराहा, टिकौली होमस्टे, पहाडी पद यात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, टिकौली ताल, चेपाङ ताल, बिसहजारी तालको प्रचार प्रसार गरिनेछ । महोत्सवमा यसपटक पनि फनपार्कलाई निरन्तरता दिइनेछ ।
महोत्सवमा ग्रेटर रत्ननगरको अवधारणालाई पनि अघि सारिनेछ । पूर्वी चितवनको रत्ननगर, राप्ती र कालिकालाई जोडेर ग्रेटर रत्ननगरलाई पनि महोत्सवमा प्रस्तुत गरिने उनले बताए ।
महोत्सवमा कोभिड–१९ लाई मध्यनजर गर्दै तीन सय ५० वटा स्टल रहने आयोजकले जानकारी दिए । यसअघिका संस्करणमा पाँच सयसम्म स्टल रहने गरेका थिए ।
तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्वसमा साधारणतर्फ प्रवेश शुल्क ५० राखिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता बहेकाहरुलाई परिचयपत्रका आधारमा निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ ।
यस्तैगरी रत्ननगर महोत्सवमा यस पटक राष्ट्रिय भलिवल प्रतियोगिता पनि आयोजना हुने भएको छ । फेस्टिवल राष्ट्रिय खेलाडी सम्मिलित नौं टोलीले प्रतिस्पर्धा गर्नेछन् । सातै प्रदेशका एक–एक टिम तथा नेपाल आर्मी, शशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन बिभागीय टोलीसहितका नौं टिम प्रतियोगितामा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
यस्तै महोत्सव अन्तर्गत नै पौष २९ गतेदेखि माघ ३ गतेसम्म चिकेन एण्ड एग फुड फेस्टिवल पनि हुनेछ । रत्ननगरको टाँडी बजारमा हुने फुस फेस्टिवलमा जनजातीहरुको बिशेष खाना तथा मासुका परिकारहरु उपलब्ध हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11