–बबिलाल तामाङ
काठमाडौं । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारिता क्षेत्रमा भएको समस्यालाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । तामाङ पत्रकार संघको छैटौँ महाधिवेशनमा प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री कार्कीले पानसमा दियो प्रज्वलन गरी संघको छैटौँ महिाधिवेशनको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि कार्कीले तामाङ पत्रकारहद्वारा गरिने हरेक प्रयत्नका लागि मद्दत गर्न सरकार सधैँ तयार रहेको बताए । पत्रकारहरुलाई गर्नु पर्ने सहजीकरणका लागि आफू तत्पर रहेको उनले जिकिर गरे । उनले महाधिवेशनको नयाँ कार्यसमिति चयन भएपछि भेटघाटको लागि आग्रह समेत गरे ।
जबसम्म सबै नेपालीको भावना, सबै नेपालीले समान सहभागिता प्राप्त गर्दैन तबसम्म मुलुकको सर्वाङ्गिण विकास नहुने उनले बताए । उनले बहु जाति, बहु भाषी, बहु धार्मिक विविधता भएको देश भएको र सबैको भावनाको उच्च कदर गर्दै अगाडि बढ्न सके मात्रै मुलुकको सर्वाङ्गिण विकास हुनेमा जोड दिएका थिए ।
कार्यक्रममा कोभिड–१९ का बेला संघलाई गरेको सहयोगको उच्च मूल्याकंन गर्दै विभिन्न संघसंस्था र व्यक्तित्वलाई कदर प्रदान र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
संघले संख्यात्मक रुपमा सदस्यता वृद्धि भएकोले विधानमा संशोधन गरी १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष र दुई सचिव थप गरेको छ । यससँगै संघले ३५ सदस्यीय केन्दीय समिति सर्वसम्मत चयन गरेको छ ।
महाधिवेशनले सुवाश योञ्जनको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन, उपाध्यक्षद्वयमा विश्वाराज लामा र नेत्र तामाङ रहेका छन् भने महिला उपाध्यक्ष अन्जु डिम्डुङ रहेका छन् । सचिवहरुमा उर्गेन तामाङ, शिशिर दोङ र महिला सचिवमा सरस्वी तामाङ चयन भएका छन् भने कोषाध्यक्षमा डोल्मा छिरिङ तामाङ चयन भएका हुन् ।
यस्तैगरी सदस्यहरुमा इकमान लामा, युनिक ग्लान, विमल तामाङ, साँहिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, साङबहादुर लो (राजु), मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जिवी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान, रामचन्द्र तामाङ, कृतिका ग्लान, मिङ्मा लामा रहेका छन् ।
संघको छैंटौँ महाधिवेशन पुस ३ गते काठमाडौंमा सम्पन्न भएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पत्रकारिता क्षेत्रमा भएको समस्यालाई समाधान गर्ने : संचार मन्त्री कार्की

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












