नवलपुर / चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।
यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताउनुभयो । त्यस्तै मङ्सिरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।
त्यसैगरी निकुञ्ज घुम्ने पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म रु एक करोड २९ लाख ९५ हजार १५० राजस्व सङ्कलन गरेको छ । निकुञ्जले सबैभन्दा बढी राजस्व मङ्सिर महिनामा सङ्कलन गरेको भन्दै सूचना अधिकारी तिवारीले मङ्सिरमा मात्रै रु ५४ लाख १२ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिकमा रु ५१ लाख १४ हजार ८५०, असोजमा रु १५ लाख दुई हजार ७००, भदौमा रु छ लाख ११ हजार २५०, साउनमा रु तीन लाख ५४ हजार ३५० राजस्व सङ्कलन भएको छ ।
निकुञ्जले यहाँ घुम्न आउने पर्यटकबाहेक अन्य गतिविधिबाट समेत राजस्व सङ्कलन गर्दै आएको छ । निकुञ्जले चालू आव २०७८(७९ मा विभिन्न शीर्षकमा रु दुई करोड ४१ लाख १५ हजार ८१८ राजस्व सङ्कलन गरेको तिवारीले बताउनुभयो । उहाँका अनुसार गैरकाष्ठ वन पैदावार बिक्री वितरणबाट रु १९ लाख ४२ हजार १३३, पर्यटक, जीप सफारी र नदीजन्य पैदावारबाट रु एक करोड ९० लाख १४ हजार ५५०, दण्ड जरिवानाबाट रु २० लाख ४७ हजार ६१० तथा नेचर गाइड र माछा मार्ने अनुमति शीर्षकमा रु ११ लाख ११ हजार ५२५ राजस्व सङ्कलन भएको छ ।
विसं २०७२ को भूकम्पका कारण घटेका निकुञ्ज घुम्ने पर्यटक विस्तारै बढ्ने क्रममा थियो । दुई वर्ष अघिदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आव २०७७(७८ मा ९८ हजार ९२८ जनाले निकुञ्जको भ्रमण गरेका थिए भने अघिल्लो आव २०७६(७७ मा एक लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
- ADVERTISEMENT -

पाँच महिनामा ५१ हजार बढीले घुमे राष्ट्रिय निकुञ्ज

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52













