April 25, 2025

नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा

December 30, 2021
- ADVERTISEMENT -

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडास्थित राप्ती खोला अनधिकृत रुपमा उत्खनन् गरी अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिकास्थितबाट उक्त ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ना ६ त ३७८३, ना ४ त ५७०७, ना ६ त २९१७, ना ६ त १०५१, ना ७ त ५९७२ नम्बरको र एउटा अन्टेस्ट ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्याकटरमा अवैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर राजकुमार सापकोटाले बताए ।
नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहिको लागि जिल्ला समन्वय समितिको कार्यालय पठाइएको जनाइएको छ।

- ADVERTISEMENT -