२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका फलफूल तथा तरकारी थोक व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण

प्रकाशित मिति : २०७८ पुष १८ गते

चितवन / फलफूल तथा तरकारी थोक व्यवसायी संघका सर्वसम्मत चयन भएका पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ । निर्वाचन मण्डलका संयोजक तथा संघका कानुनी सल्लाहकार अधिवक्ता गजेन्द्रप्रसाद वस्तीले शालिकराम घिमिरे र रामचन्द्रवंशी ठकुरीको सहजीकरणमा नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष मुकुन्दप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष जयराम पाण्डे, उपाध्यक्ष रामराज पाण्डे, महासचिव दिकपाल लामा, सचिव शम्भु अधिकारी र सदस्यहरु शंकरप्रसाद भेटुवाल, मनोज साह रौनियार, सुनिता ठकुरी, कुन्दन तामाङ र दिपक अधिकारीले सपथ ग्रहण गरेका हुन् ।
संघको २२औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट सर्वसम्मत चयन भएका मुकुन्दप्रसाद गौतम लगायतका पदाधिकारीहरुलाई पूर्व अध्यक्षद्वय शालिकराम घिमिरे र थिरप्रसाद धितालले पद हस्तान्तरणमा सहजीकरण गरेका थिए । संघको नयाँ नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ भने पहिलो बैठकबाट दुई सदस्य थप गरिने बताइएको छ ।


नवनिर्वाचित अध्यक्ष गौतमले पूर्व अध्यक्षहरुको योगदान कदर गर्दै आगामी दिनमा उहाँहरुले गर्नुभएको अधूरा कार्यलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे । उनले संघको गरिमा उच्च बनाउन सबैको साथ र सहयोग अपरिहार्य भएको बताउँदै सबैलाई हातेमालो गर्नु पर्ने बताए ।
पूर्व अध्यक्षहरुको देनले नै संघ सफलतापूर्वक आजको अवस्थासम्म आएको उनले भने । उहाँहरुको सुझाव र सल्लाहलाई शिरोधार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो । व्यवसायीहरुलाई परेको हरेक समस्यालाई वार्ता र सम्बोधनबाट समाधान गर्दै लैजाने उनले बचन बद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शालिकराम घिमिरे, थिरप्रसाद धिताल, रामचन्द्रवंशी ठकुरी, पुरुषोत्तम गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवन वि.सं. २०५२ सालमा स्थापना भएको हो । हाल संघमा १४५ जना सदस्यहरु आवद्ध रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91