२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माडीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

प्रकाशित मिति : २०७८ पुष २६ गते
- ADVERTISEMENT -

चितवन / चितवनको माडीमा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र माडी नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
यही पौष २७ गतेदेखि माघ ३ गतेसम्म माडीका विभिन्न स्वास्थ्य संस्थाहरुमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सहितको निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिने भएको हो ।
पौष २७ गते मंगलबार गर्दी हेल्थपोष्ट र शितलपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा, २८ गते बुधबार कल्याणपुर हेल्थपोष्ट र जगन्नाथपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा तथा २९ गते बिहीबार अयोध्यापुरी हेल्थपोष्ट र कृष्णनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन हुने कार्यतालिका रहेको छ ।
माघ २, ३ र ४ गते माडीको बसन्तपुर गाउँस्थित आँखा उपचार केन्द्रमा शिविर सञ्चालन हुने र सबै शिविरहरुबाट देखिएका मोतियाबिन्दुका बिरामीहरुलाई सोही केन्द्रमा माघ ३ र ४ गते निःशुल्क शल्यक्रिया गरिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -