२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा कोरोना बढेसँगै मेला महोत्सव नगर्न प्रशासनको आग्रह

प्रकाशित मिति : २०७८ पुष २६ गते

चितवन / जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोरोना भाईरस संक्रमण फैलन सक्ने देखिएपछि २५ जनाभन्दा बढी सहभागी भएर हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सवमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको केन्द्रको बैठकले पुस २५ गतेदेखि सञ्चालनमा आएको चितवन महोत्सवलाई पुस २९ गतेभित्र पूर्ण रुपमा बन्द गर्न समेत आग्रह गरेको छ ।
बैठकले २८ गतेसम्मका लागि व्यवस्थापनको काम गरी सक्न निर्देशन दिएको छ । यस्तै माघे संक्रान्तिमा हुने मकर मेला पूर्ण रुपमा सञ्चालनमा रोक लगाएको हो । बैठकले केन्द्रीय कोभिड व्यवस्थापन केन्द्रको पौष २५ गते बसेको बैठकले गरेको सिफारिस कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ ।
माक्स, सेनिटाईजर प्रयोग, भौतिक दुरी कायमलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अपिल गरेको छ । स्थानीय तहमा जनचेतना जगाउँदै साविकका स्थानीय तहबाट बनाइएका र जिल्लास्थित अस्पतालहरुका आइसोलेसन वेड तयारी अवस्थामा राख्न समेत अनुरोध बैठकले गरेको छ ।
स्वास्थ्य कार्यालय मार्फत नियमित खोप केन्द्रहरुमा खोपलाई अभियानकै रुपमा सञ्चालन गर्न, एन्टिजेन मार्फत कोरोना परिक्षण गर्न, सार्वजनिक स्थलहरु होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, आन्तरिक उडानमा जाँदा अनिवार्य रुपमा कोभिड बिरुद्धको भ्याक्सिन कार्ड बोक्न समेत जिल्लावासीलाई आग्रह गरेको छ ।
जिल्लामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई अनिवार्य माक्सको प्रयोग गर्न लगाउन, चालक, सहचालकले अनिवार्य माक्स लगाउन सवारी साधन दैनिक निसंक्रमण बनाउन समितिले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार विश्व विद्यालय, क्याम्पस लगायतका सबै शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी जोड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न सबैलाई अनुरोध गरिएको छ । उद्योग कलकारखाना, बैंक तथा वित्तीय संस्थाहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58