२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

स्थानीय चुनावको मिति माघ पहिलो हप्ताभित्र घोषणा गर्नुपर्छ: निर्वाचन आयोग

प्रकाशित मिति : २०७८ पुष ३० गते

काठमाडौं / निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।
आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको आयोगले शुक्रबार शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफल गरेको थियो । आयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका छन् ।
संविधानको धारा २२५ मा स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँसभा र नगरसभाको निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ । तर ऐनमा पहिलो चरणमा निर्वाचन भएको ७ दिनभित्र कार्यकाल शुरु भएको मानिने उल्लेख छ । त्यसैले स्थानीय जनप्रतिनिधिहरुको कार्याकाल २०७९ जेठ ५ गते सकिने आयोगले बताएको छ ।
त्यसपछि स्थानीय जनप्रतिनिधिको म्याद थप्न पनि नमिल्ने र, उनीहरुले गर्ने काम अरुले गर्न पनि नमिल्ने भएकाले वैशाखमा चुनवा गर्नुपर्ने आयोगको तर्क छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘निर्वाचनबाहेक अर्को विकल्प छैन । किनकि कुनै पदाधिकारीको म्याद थप्न पनि पाइँदैन, उसले गर्ने काम अर्कोले गर्न पाउँदैन । त्यसैले आगामी जेठ ५ गतेभन्दा अगाडि त्यहाँ पदबहाल गराउन सक्ने गरी निर्वाचन गर्नुपर्छ भन्ने आयोगले आफ्नो पोजिसन राखेको छ ।’
निर्वाचन आयोगले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय चुनाव १४ वैशाखमा एकै चरणमा गर्ने प्रस्ताव गरेको थियो । दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय चुनाव गर्न सकिने आयोगको प्रस्ताव छ ।
आयोगका अनुसार वैशाखमा गर्ने स्थानीय चुनावको मिति घोषणा गर्न ढिला भइसक्यो । निर्वाचन कानुनअनुसार तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै आयोगले माघ पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘छिट्टै निर्वाचनमा जानुपर्छ, माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा हुनुपर्छ भनेर प्रमुख आयुक्तले भन्नुभयो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03