मकवानपुर / थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ् तथा अघोर क्षेत्रमा भएको हिमपातका कारण त्रिभुवन राजपथ शुक्रबार विहानैदेखि अवरुद्ध छ । सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा जमेको हिउँ हटाउन नसकेपछि राजमार्ग आज सुचारु नहुने भएको हो ।
दुई वटा जेसीबी प्रयोग गरी राजमार्गको हिउँ हटाएर सडक सुचारु गर्ने प्रयास गरिएको भएपनि लगातार हिमपात भइरहेकोले सो कार्य पुरा गर्न नसकिएको थाहा नगरपालिकाले जनाएको छ । मौसम सुधार भएपछि मात्रै राजमार्ग सुचारु हुने जनाइएको छ ।
उक्त क्षेत्रमा अहिले पनि निरन्तर हिमपातसँगै बर्षा भइरहेको कारण भोलि पनि राजमार्ग अवरुद्ध हुनसक्ने संभावना रहेको प्रहरीले जनाएको छ । सडकमा डेढ फिट अग्लो हिउँ जमेको बताइएको छ । गएराति सवा २ बजेदेखि वर्षासँगै बाक्लो हिउँ परेपछि विहानैदेखि यातायात अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न प्रकारको सवारीसाधनहरु सुचारु गर्दा दुर्घटना हुने जोखिम भएकोले यातायात संचालनमा रोक लगाइएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले भने सास्ती व्यहोर्नुपरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हिउँका कारण त्रिभुवन राजपथ अझै अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88












