विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । आज थप आठजना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।
मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् ।
थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङ्गामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । राई सामाजिक विकास मन्त्री बनेका छन् ।
हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् । लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री नियुक्त भएका छन् । राईले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् ।
जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहने छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रदेश १ मा १४ सदस्यीय मन्त्रिमण्डल बिस्तार, आज ८ जना थप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जनप्रतिनिधिसामु नागरिकका प्रश्नैप्रश्न, शिक्षा र स्वास्थ्यदेखि भूमिसमस्यासम्मका गुनासा

तीन सय रुपैयाँको चिउरा किन्दा १० लाख पुरस्कार

प्रधानमन्त्री दुई दिने भारत भ्रमणमा जाँदै, मोदीसँग एक्लै वार्ता गर्ने

आज एनपीएल पहिलो क्वालिफायर, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

चितवनका दुग्ध किसानद्वारा मूल्यवृद्धिको माग, पूरा नभए आन्दोलनको चेतावनी [with video]
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.98
150.58

European Euro
1
165.11
165.77

UK Pound Sterling
1
197.78
198.57

Swiss Franc
1
178.47
179.19

Australian Dollar
1
101.27
101.68

Canadian Dollar
1
104.99
105.41

Singapore Dollar
1
116.34
116.81

Japanese Yen
10
9.40
9.44

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
39.96
40.12

Qatari Riyal
1
41.15
41.31

Thai Baht
1
4.42
4.44

UAE Dirham
1
40.84
41.00

Malaysian Ringgit
1
36.63
36.77

South Korean Won
100
11.24
11.28

Swedish Kroner
1
14.88
14.94

Danish Kroner
1
22.09
22.17

Hong Kong Dollar
1
19.12
19.19

Kuwaity Dinar
1
485.69
487.63

Bahrain Dinar
1
397.61
399.20

Omani Rial
1
389.54
391.10








