२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

स्थानीय चुनाव : नेपाली कांग्रेस नवलपुर ५२ वडा सभापतिको संयुक्त बैठक

प्रकाशित मिति : २०७८ माघ २७ गते

गैंडाकोट / नेपाली कांग्रेस नवलपुर ५२ वडाका सभापतिहरुको संयुक्त वैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस क्षेत्रीय समिति नवलपुर क्षेत्र नं. १ को आयोजनामा उक्त संयुक्त वैठक सम्पन्न भएको हो ।
सरकारद्वारा घोषित आगामी बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ ले सम्पूर्ण वडाका सभापतिहरुसँग निर्वाचन केन्द्रित छलछफल गरेको हो ।
नेपाली कांग्रेस नवलपुरका क्षेत्रीय सभापति अमृत भट्टचनले आसन्न स्थानीय निर्वाचनको लागि तिब्र गतिमा तयारी गर्न सम्पूर्ण वडा सभापतिहरुलाई निर्देशन दिएका छन् । उनले आफ्नो टोल र वडामा विपक्षीले छरेका भ्रमलाई चिर्दै संगठन निर्माणमा विशेष ध्यान दिनु पर्ने बेला आएको बताए । गरिब, उत्पीडन र निमुखा वर्गको हकहितमा आवाज उठाउन जोड दिनु पर्ने उनको भनाइ थियो ।
उनले आगामी हुने स्थानीय निर्वाचनका लागि नवलपुरका सम्पूर्ण वडा, गाउँपालिका, नगरपालिका, प्रदेश र संघीयमा नेपाली कांग्रेसलाई विजयी बनाउन अहोरात्र खट्न निर्देशन दिएका छन् ।
कार्यक्रममा पूर्व सांसद महेन्द्रध्वज जिन्सी, युवा नेता खेमराज सापकोटा, युवा नेता एवम वडा सदस्य प्रकाश सापकोटाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ का सभापति अमृत भट्टचनको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन क्षेत्रीय सचिव अमृत श्रेष्ठले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03