२०८३ जेष्ठ २४, आईतवार
June 7, 2026
२०८३ जेष्ठ २४, आईतवार
June 7, 2026 Sunday
- ADVERTISEMENT -

पुनः गृहमन्त्री बने भने दुई महिना बधाई दिन नआउनू – सुधन गुरुङ

प्रकाशित मिति : २०८३ जेष्ठ २४ गते
file photo.

काठमाडौं / पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू जिम्मेवार रहेको भन्दै छानबिन प्रक्रियामा पूर्ण सहयोग गरेको बताए ।

- ADVERTISEMENT -

Advertisement

‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सहज र स्पष्ट जवाफ दिएको छु,’ गुरुङले भने ।

सम्बोधनका क्रममा उनले छानबिन समितिसँगको एउटा रोचक प्रसंग पनि सुनाए । समितिले सम्पत्तिको स्रोतबारे प्रश्न गर्दा आफूले ठट्यौली शैलीमा प्रतिप्रश्न गरेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

‘समितिले मलाई “यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो रु” भनेर प्रश्न गर्‍यो । मैले पनि “तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त” भनेर प्रतिप्रश्न गरिदिएँ,’ उनले भने ।

गुरुङले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण सफाइ पाउनेमा विश्वास व्यक्त गरे ।

आफू निर्दोष सावित भए पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउन सक्ने संकेत गर्दै उनले फरक शैलीमा कार्यकर्तालाई आग्रह पनि गरे ।

‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने, ‘म काममा केन्द्रित हुन चाहन्छु ।’

संगठन निर्माणबारे पनि धारणा राख्दै गुरुङले अब बन्ने जिल्ला नेतृत्व राजधानी केन्द्रित हुन नहुने बताए । जिल्ला सभापति जिल्लामै बसेर पार्टी गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

‘राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन,’ उनले भने ।

कार्यक्रममा गुरुङले आफू गृहमन्त्री हुँदा आम नागरिकबाट पाएको साथ र सहयोगको स्मरण गर्दै निर्वाचनमा विजयी गराउने गोरखावासी मतदाताप्रति आभार व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36