April 19, 2025

६ दलको नेपाल बन्द चितवनमा सामान्य प्रभाव

February 16, 2022
- ADVERTISEMENT -

चितवन / नेकपा विप्लव समूह सहित ६ दलहरुले गरेको बन्दको चितवनमा सामान्य परेको छ । अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा विप्लव समूह सहित ६ दलहरुले आज बुधबार बन्द गरेको हो ।
बन्दकर्ताहरुले नारायणगढको लायन्सचोकमा बिहानै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । यस्तै बन्दकर्ताले पुल्चोकमा बन्द गर्दै कोणसभाको आयोजना समेत गरे ।
लामो दुरिका सवारीसाधन छिटफुट चले पनि छोटो दुरिका म्याजिक भ्यान, अटो र मोटरसाइकल भने निर्बाध रुपमा चलेको देखिन्छ । ६ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेपछि जिल्लामा सुरक्षा सतर्कता बढाएको छ ।
चोक–चोकमा सुरक्षाकर्मिको बाक्लो उपस्थित रगेको छ। अहिले सम्म चितवनको अबस्था सामान्य रहेको चितवन प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारीले बताए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो।

- ADVERTISEMENT -