चितवन / राप्ती नगरपालिकामा दुई दिने सचेतना कार्यक्रम सकिएको छ । राप्ती नगरपालिका र सजिलोपाटी मिडिया हाउसको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
दुई दिने सचेतना कार्यक्रममा लागुपदार्थ दुव्र्यसनी, सामाजिक विकृति, लैङ्गिक भेदभाव लगायतको विषयमा आयोजना गरिएको थियो । कार्यक्रममा ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले युवा लक्षित कार्यक्रमले समाजलाई फाइदा पुग्ने बताए । उनले प्रशिक्षणबाट सिकेका अनुभवहरुलाई अन्य माझ लैजान पनि सुझाव दिए ।
सामाजिक विकृतिहरुलाई न्युनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सुरोज बराकोटीले बताए ।
कार्यक्रममा प्रशिक्षक शारदा देवी शर्माले सुशासन र सुरोज बराकोटीले नेतृत्व विकास, गोकुल सिलवालले सामाजिक विकृति तथा लैङ्गिक विभेद र राजीव गिरीले लागू दुव्र्यसन, मानव बेचबिखन र साइबर अपराध सम्बन्धी प्रशिक्षण दिएका थिए ।
राप्ती नगरपालिकामा सकियो दुई दिने सचेतना कार्यक्रम
March 8, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
