काठमाडौं / नेपाल सरकार १ देखि ११ वर्षसम्मका उमेर समूहका बालबालिलाई हुने फाइजर खोप खरिदको तयारी गरेको छ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान तीव्र गतिले संचालन भएपनि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् । सो समुहका बालबालिकालाई लगाइने ८४ लाख मात्रा फाइजर खोप खरिदको तयारी भइहरहेको मन्त्रालयले जनाएको छ ।
उक्त खोप खरिद गरी बैशाखदेखि जेठसम्ममा बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए । उनले भने, ‘५ देखि ११ वर्षसम्मका बालबालिकाले अब चाँडै खोप पाउँछन् । खोप आयत प्रक्रिया अगाडि बढिसकेको छ ।’
यस्तै, मन्त्रालयले एक साताभित्र कोरोना भाइरस विरुद्धको ४५ लाख मात्रा खोप पाइपुग्ने जनाएको छ । चीन सरकारको सहयोगमा उक्त मात्राको सिनोभ्याक्स खोप पाइपुग्ने आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. चौरसियाले बताए ।
यस्तै, ११ वर्षदेखि १७ वर्षसम्मका बालबालिका लागि अनुदान सहयोगमा चैत्र १२ गते र १४ गते १५ लाख मात्रा फाइजर खोप आउँदै छ । सरकारले हालसम्म कोरोनाविरुद्धको खोप खरिद र अनुदान सहयोगमा विभिन्न कम्पनीका ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोभिसिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, एष्ट्राजेनिका, जोन्सन लगायत खोप प्राप्त गरेको छ ।
बालबालिकाकालाई ८४ लाख फाइजर खोप खरिद गर्ने तयारी
March 22, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
