April 19, 2025

गठबन्धनमा सैद्धान्तिक सहमति, माओवादी केन्द्रलाई भरतपुर

April 19, 2022
File Photo
- ADVERTISEMENT -

काठमाडौं / सत्तारुढ गठबन्धनको महानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति जुटेको बैठकमा सहभागी नेताहरु बताएका छन् । नेताहरुका अनुसार औपचारिक सहमति भने हुन बाँकी नै छन् । बालुवाटारमा जारी बैठक आज राति १० पुनः बस्ने भएको छ ।
राष्ट्रिय जनमोर्चाका नेता हेमलाल पुरीका अनुसार महानगरपालिकाहरुमा कुन दलले प्रमुख र उपप्रमुख पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति जुटेको हो । आजको बैठकमा काँग्रेसले ६ मध्ये तीनवटा महानगरको नेतृत्व लिने तथा अन्य दलले एक एकवटा महानगरको नेतृत्व लिने गरी सहमति भएको पुरीले जानकारी दिए ।
त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपप्रमुख पाउने र काँग्रेसले पाएका महानगरमा अन्य दलले उपप्रमुख पाउने सैद्धान्तिक सहमति पनि जुटेको बताइएको छ । यसबारे ठोस सहमतिमा पुग्न आज नै बैठकमा बस्ने नेताहरुले बताएका छन् ।
बैठकमा काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाउने, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगर पाउने गरी दलहरू सहमति नजिक पुगेका बताइएको छ ।
यस्तैगरी अन्य दलले पाएका महानगरमा काँग्रेसले उपमेयर पाउने र काँग्रेसले पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाउने गरी सैद्धान्तिक सहमति जुटेको बताइएको हो ।

- ADVERTISEMENT -