![]()
चितवन । मानिसको जीवनमा अनेकन भवितव्य आइपर्छ । सुन्दर भविष्य बनाउने परिकल्पनामा मानिस बाँचेका हुन्छन् । सोचेभन्दा जीवन फरक बनेपछि जीवन कष्टकर बन्न पुग्छ ।
नवलपरासी विनय त्रिवेणी वडा नं ४, भर्ताका लीलाबहादुर विकको कथा पनि यस्तै दयनीय र उराठलाग्दो बन्न पुगेको छ । २०७८ वैशाख १७ गते कामको सिलसिलामा तीनतला माथिबाट खसेर घुँडामा बाँस उनिएर घाइते भएका थिए । पेसाले उनी घरको काम गर्ने मिस्त्री हुन् ।
उनले करिब १० महिना ओछ्यानमै बसेर उपचार गराए । उनका अनुसार उपचारमा झण्डै १७ लाख रुपैयाँ खर्च भइसकेको छ । असामान्य तरिकाले भएको घटनाले हिँडडुल गर्न नसक्ने बनाएको उनी सम्झन्छन् । अशक्तरुपमा जीवन व्यतीत गर्दै हाल बैसाखीको सहारामा मागेर उनले जीवन गुजारा गर्दै आएका छन् ।
उपचारको लागि ठेकेदारले पाँच लाख र घर साहुले ३ लाख सहयोग गरेको उनी बताउँछन् । अन्य खर्च उनी आफैँले जोहो गरे । हाल उपचार खर्च सँगसँगै मागेर घर धान्नुपरेको उनको भनाइ छ । उनी हाल भरतपुर–११, बसेनीमा बस्दै आएका छन् ।
हाल उनीसँग दुई छोरा विकास र विशाल छन् भने श्रीमतीलाई खोलाले बगाएको बताउँछन् । सात वर्षअघि कपडा धुनेक्रममा खोलाले श्रीमतीलाई बगाएको वेदना उनले पोखे । बाँच्नलाई त मागेरै जीवन गुजार्नुपरे पनि छोराहरुलाई कसरी पढाउने भन्ने ठूलो चिन्ता रहेको उनी बताउँछन् ।
उनको जेठो छोरा विकास कक्षा १२ र कान्छो छोरा विशाल ९ मा अध्ययनरत छन् । आर्थिक अवस्था कमजोर भएकोले पढाइ खर्चका लागि धौधौ परेको उनी बताउँछन् । आर्थिक अभावका कारण पढाइमा बाधा पुगेकोले सहयोगी मन तथा दाताहरुलाई उनले सहयोगको लागि अपिल गरेका छन् । सहयोग गर्न चाहने महानुभावले ९८४२८६३००५ मा सम्पर्क गर्न उनले सबैलाई आग्रहसमेत गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लीलाबहादुरको उपचारका लागि सहयोगको अपिल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












