२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ८१ जना महिला मतदान अधिकृत

प्रकाशित मिति : २०७९ बैशाख २९ गते
file photo
- ADVERTISEMENT -

चितवन / जिल्लामा रहेका मतदान केन्द्र मध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् । यहाँका १ सय ६१ मतदान स्थलमा रहेका ४ सय ५१ मतदान केन्द्रमा मध्ये बालमन्दिर अटिजम विद्यालय मतदान स्थलमा सबै कर्मचारी महिला रहेका छन् । यस स्थलमा चार वटा मतदान केन्द्र रहेको छ । यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।
यस मतदान स्थलमा ३ हजार ३ सय ४२ जना मतदाता रहेका छन् । उनका अनुसार ४ सय ५१ केन्द्र मध्ये ८१ केन्द्रमा महिला अधिकृत खटिएको हो । महिलाले पनि जिम्मेवारी पाउनु पर्छ भन्ने उद्देश्यका साथ उहाँहरुलाई जिम्मेवारी दिईएको उनले बताए
जिल्लामा रहेका दुई वटा मतदान केन्द्रमा ५ सय भन्दा कम मतदाता रहेका छन् । इच्छाकामना गाउँपालिकाका दुई केन्द्रमा ५ सय भन्दा कम मतदाता रहेका हुन् । ती मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटिएको र अन्य केन्द्रहरुमा ५ जनाका दरले कर्मचारी खटिएको उनले जानकारी दिए ।
उनका अनुसार मतदान अधिकृतले मतदान स्थलमा तीन जना स्वयम्सेवक कर्मचारी नियुक्ति गरी बुधबारदेखि निर्वाचनको काम सुरु गरेका छन् । निर्वाचनको काम अन्तर्गत आज मतदान स्थलभन्दा तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणीत गर्ने, सर्बदलिय बैठक राख्ने, मतदाता परिचय पत्र बितरण गर्ने, निर्वाचन शिक्षा दिने लगाउतका कामहरु भईरहेको उनले बताए । जिल्लाभर ३ लाख ९७ हजार ६ सय ८५ मतदाता रहेका छन् । जसमध्ये २ लाख ४ हजार ६ सय ६६ जना महिला, १ लाख ९३ हजार १८ जना पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् ।
कुल मतदातामध्ये भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७ सय ५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६ सय ४२, खैरहनीमा ४३ हजार ५ सय ३१, कालिकामा ३१ हजार १ सय ५७, राप्तीमा ४० हजार ६ सय ४९, माडीमा २८ हजार ३ सय २० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६ सय ३४ मतदाता रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -