चितवन / लोकतान्त्रिक गणतन्त्र दिवसको अवसर पारेर भरतपुर–१० बाइपासरोडमा रहेको एस एण्ड पी अडिटिङ कम्पनीले कविगोष्ठी तथा खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको छ । भरतपुर–९ स्थित डल्फिन फनपार्क रिसोर्ट एण्ड पार्टी प्यालेसमा आज (आइतबार) बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक एस एण्ड पी अडिटिङ कम्पनीका संचालक सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा साहित्यिक कविगोष्ठी, खुल्ला कविता प्रतियोगिता र वरिष्ठ कविहरुबाट कवितावाचनको कार्यक्रम रहेको श्रेष्ठले बताए । लोकतान्त्रिक गणतन्त्रको उपलक्ष्यमा जनआन्दोलनका वीर शहीद र आन्दोलनका योद्धा घाइतेहरुको संस्मरणमा कार्यक्रम आयोजना गरिएको श्रेष्ठको भनाइ छ ।
गणतन्त्र दिवसमा आज एस एण्ड पीको कवि गोष्ठी हुँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
