२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

यातायात चितवनको १० महिनामा ६४ करोड राजश्व संलकन

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते

चितवन / यातायात व्यवस्था सेवा कार्यालय चितवनले कुल ६४ करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष ०७८/०७९ मा उक्त रकम रकम संलन गरेको कार्यालयले जनाएको हो ।
कार्यालयका अनुसार साउनदेखि बैशाखसम्म ६४ करोड ३५ लाख ४४ हजार ६२५ रुपैंया आम्दानी गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारी साधन कर, सवारी दस्तुर र आयकर शिर्षकबाट आम्दानी गर्दै आएको छ ।
कार्यालयले सबै शिर्षक गरी चैत्र महिनामा बढी राजस्व संकलन गरेको छ । चैत्र महिनामा मात्र ८ करोड ७६ लाख ४४ हजार २२ रुपैंया राजश्व संकलन भएको हो भने बैशाख महिनामा सबैभन्दा कम ३ करोड ५७ लाख ५१ हजार २६० रुपैंया राजश्व संकलन भएको छ ।
कार्यालयले साउन महिनामा ७ करोड ८२ लाख ५३ हजार ३८० रुपैंया, भदौ महिनामा ४ करोड ५४ लाख ४६ हजार ४६६ रुपैयांँ, असोज महिनामा ६ करोड ३५ लाख ८७ हजार ९८४ रुपैंया, कार्तिक महिनामा ६ करोड ७६ लाख ९६ हजार ४९८ रुपैया संकलन गरेको छ ।
यसै गरी कार्यालयले मंसिर महिनामा ७ करोड २१ लाख ९९ हजार ८५४ रुपैंया, पुषमा ७ करोड २० लाख ३४ हजार ६६२ रुपैंया, माघ महिनामा ५ करोड ९१ लाख १२ हजार ४७८ र फागुन महिनामा ६ करोड १८ लाख १८ हजार २१ रुपैंया राजश्व संकलन गरेको हो ।
कार्यालयका प्रमुख विनोद पौडेलले जुनसुकै महिनामा सवारी दर्ता गरेपनि त्यसको जरीवाना नलाग्ने र नवीकरण गर्ने अन्तिम म्याद चैत्र मसान्त सम्म भएकोले चैत्र महिनामा अन्य महिना भन्दा बढी राजश्व संकलन हुने बताए । ‘वार्षिक सवारी कर तिर्ने अन्तिम म्याद चैत्र मसान्त हो, त्यसले गर्दा चैत्रमा बढी हुन्छ, उनले भने, बैशाख महिनामा तिर्नुपर्ने सेवाग्राहीले पनि अग्रिम चैत्र महिनामानै तिर्ने हुनाले बैशाखमा राजश्व संकलन कम देखिएको हो ।’ यो चालु आवमा कार्यालय नियमित खुलेको कारणले १० महिनामानै लक्ष्य भेटउन लागेको पौडेलको भनाई छ ।
नयांँ आवबाट नयांँ सवारी लाईसेन्स
नयांँ आर्थिक वर्ष ०७९/८०को श्रावण महिनाबाट नयांँ चालक अनुमतिपत्र सुरु गरिने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख पौडेलले यसको लागि प्रक्रिया शुरु भइसकेको र निजी ट्रायल सेन्टरको बीड प्रक्रिया अघि बढेको जानकारी दिए । ‘अहिले ट्रायल सेन्टरको लागि बीड आव्हान प्रक्रिया गरेर अघि बढेका छौं’ उनले भने, संभवत आउंँदो श्रावणबाट नयांँ सवारी चालक अनुमति यहींबाट प्राप्त हुन्छ ।’ हाल ६ वटा ट्रायल सेन्टरले बीड आवेदन दिएका छन् ।
मन्त्रालयको मापदण्ड पुगेका ट्रायल सेन्टर मध्ये जुन ट्रायल सेन्टरले न्यून बीडमा आवेदन दिएका छन् सोही सेन्टर छनौटमा पर्ने पौडेलले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51