२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवन खबर पत्रिकाले काठमाडौंमा मनायो एघारौँ वार्षिकोत्सव

प्रकाशित मिति : २०७९ असार ४ गते

काठमाडौँ / चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले एघारौं वार्षिकोत्सव मनाएको छ । चितवनबाट प्रकाशित चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूमाझ शुभकामना आदान प्रदान गरी मनाएको हो । उक्त पत्रिका एक दशकदेखि प्रकाशन हुँदै आएको छ ।
नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ’राजा’ ले मोफसलमा रहेर विभिन्न चुनौतीका बीच नियमित प्रकाशन गरेकोमा उच्च प्रशंसा गरे । मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने उनको धारणा थियो ।
उनले पत्रिकाले विगत एक दशकदेखि देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए । आगामी दिनमा सामाजिक उत्तरदायित्वका साथै आवाज विहीनको आवाजको रूपमा सदैव स्थापित हुन सुझाए ।
कार्यक्रममा नेपाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गरिन् । उनले आगामी दिनमा पत्रिकाले विकृति विसङ्गतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरिन् ।
कार्यक्रमको सभापति एवम् पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने बताए ।
पत्रिकालाई यहाँसम्म ल्याई पु¥याउन भूमिका निर्वाह गर्नुहुने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाताप्रति कार्कीले आभार प्रकट गरे । पत्रिकाले जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको उनको भनाइ थियो ।
त्यस्तै नेपाली सांगीतिक क्षेत्रका चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पुर्याएको योगदान प्रशंसा गर्नुभयो ।
कार्यक्रममा लक्की मिडिया हाउस चितवनका निर्देशक समाजसेवी गोविन्द राज पाण्डे, कलाकार कमल खड्का, चलचित्र पत्रकार मनिष कार्की लगायत नागरिक अगुवा, शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिकाले अनलाइन संस्करण इचितवन खबर डटकम पनि संचालन ल्याएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22