२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा रगतको अभाव, ४ सय २५ युनिट बाहिरी जिल्लाबाट ल्याइँदै

प्रकाशित मिति : २०७९ श्रावण ५ गते
File photo.

चितवन / जिल्लामा रगतको चरम अभाव भएपछि आज (बिहीबार) काठमाण्डौं र पोखराबाट ल्याइँदै छ । पोखराबाट ४०० र काठमाण्डौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा मार्फत् विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती सिजन र गर्मीका कारण संघ संस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् । यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ ।
रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो । रगत लिनका लागि गाडी पठाइएको उनले जानकारी दिए । पोखराबाट साँझसम्ममा ल्याउने रगत आईपुग्ने बताइएको छ ।
त्यस्तै बिहीबार यहाँको चितवन मेडिकल कलेजमा एक जना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा काठमाण्डौंबाट ४५ युनिट रगत ल्याईदै छ ।
एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो । काठमाण्डौंबाट जहाजमार्फत् रगत ल्याउन लागिएको पौडेलले जानकारी दिए । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ ।
केन्द्रले बोलाएपछि रगत दिनेहरु ३ हजार हाराहारी रक्तदाता रहेको पौडेलको भनाई छ । जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ ।
रक्त क्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्यांक रहेको पौडेलले बताए । यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ । क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ ।
मेडिकल कलेजहरुमा अंग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ । राजधानी काठमाण्डौंपछि धेरै प्रसुती भरतपुरमा हुने गर्दछन् । दुर्घटनाका बिरामीको संख्या पनि यहाँका अस्पतालहरुमा धेरै हुने गर्दछ । प्रसुती र दुर्घटनाका घाईतेहरुलाई पनि रगतको माग बढी हुने गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34