२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खस्किँदै एसईई शिक्षा नतिजा, स्याङ्जामा ४ जीपीए शून्य

प्रकाशित मिति : २०७९ श्रावण १४ गते
File photo.

कास्की / एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । अघिल्ला दुई वर्ष कोरोना भाइरसका कारण एसईईमा सहभागी हुने विद्यार्थीलाई सम्बन्धित विद्यालयले आन्तरिक मूल्यांकन गरेर नम्बर दिएका थिए । जसका कारण ४ जीपीए ल्याउने विद्यार्थीको संख्या पनि सन्तोषजनक थियो ।
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिएर नतिजा प्रकाशन गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलका अनुसार स्याङ्जामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एउटा पनि छैन । ‘यस वर्षको नतिजा लाजलाग्दो छ,’ उनले भने, ‘अनलाइन कक्षा प्रभावकारी देखिएन ।’ कोभिड र वर्षाका कारण शैक्षिक सत्र समयमै सञ्चालन नहुने, असोजमा सुरु भएको शैक्षिक सत्र ६ महिनापछि बन्द हुँदा पाठ्यक्रम पनि अधुरै रहेको पौडेल बताउँछन् ।
समयमै विद्यालय गएर पठनपाठन गरेजस्तो अनलाइनमा पढेर नहुने उल्लेख गर्दै उनले सरकारी विद्यालयको नतिजा बर्सेनि खस्किँदै गएको बताए । ३.५ देखि ३.९ जीपीए ल्याउने विद्यार्थी जम्मा ६१ जना रहेको बताउँदै उनले थपे, ‘विज्ञान लिएर पढ्ने विद्यार्थीलाई समस्या देखियो । कि त ग्रेड बढाउन पुनः परीक्षा दिए मात्र हो ।’ उनका अनुसार अधिकांश विद्यार्थी गणित, विज्ञान र अंग्रेजी विषयमा कमजोर देखिएका छन् ।
कास्कीमा भने ४ जीपीए ल्याउने २ जना छन् । कास्कीका शिक्षा समन्वय इकाइ प्रमुख नारायण सुवेदीले गतवर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १५ रहेको बताए । ‘विद्यालयले मूल्यांकन गरेर दिएको नम्बर जस्तो परीक्षा बोर्डले लिँदा भएन,’ उनले भने, ‘सरकारी विद्यालय पनि कमजोर हुँदै गएका छन् ।’ उनले बर्सेनि एसईईको नतिजा खस्किँदै गएको बताए । स्याङ्जामा ४ हजार ८ सय ५४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने कास्कीमा १० हजार ४ सय ४१ जना थिए । – कान्तिपुरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45