चितवन / राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराएका छन् । राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए ।
दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजिरहेका छन् । राज्यमन्त्री श्रेष्ठलाई चितवनको क्षेत्र नम्बर २ बाट चुनाव लड्न काँग्रेसी नेता तथा कार्यकर्ताले सुझाव दिएका थिए ।
क्षेत्रीय समितिमा आवेदन दर्ता गरिसकेपछि राज्यमन्त्री श्रेष्ठले चितवनलाई समृद्ध बनाउन आफू हरतरहले लाग्ने प्रतिबद्धता जनाए । उनले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास गरेर चितवनलाई समृद्ध बनाउन सकिने बताएका छन् ।भरतपुर महानगरपालिका वडा नम्बर ५ मा राज्यमन्त्री श्रेष्ठको निवास छ । यो चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा पर्छ ।
चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ जितनारायण श्रेष्ठ, राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकार, राजेश्वर खनाल र उमा रेग्मीले पनि आवेदन दर्ता गराएका छन् । समानुपातिकतर्फ शालिग्राम शर्मा, गौरीकुमारी श्रेष्ठ, शान्ति परियार र केशवराज कँडेलले आवेदन दर्ता गराएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन क्षेत्र नं. २ बाट राज्यमन्त्री श्रेष्ठको चुनाव लड्ने इच्छा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













