कपिलवस्तु / लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल फुटेपछि १५ गाउँ जोखिममा परेका छन् । लगातारको बर्षाका कारण तालको डिल फुटेसंगै जोखिम बढेको हो । गाउँपालिका कै पर्यटकीय स्थलका रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल फुटेसंगै स्थानीय त्रसित भएका छन् । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताए । उनले सम्पुर्ण गाउँपालिकावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै समस्या परे गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरे ।
ताल फुटेसंगै अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टिम सोहि स्थानमा पुगेको छ । विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरु गरेको र अझ व्यवस्थित गर्नका लागि प्रदेश, केन्द्र सरकारसंग निरन्तर पहल गर्दा पनि प्रदेश, केन्द सरकारले चासो नदेखाएका कारण अहिले यो अवस्था आएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले भने, ‘प्रदेश र केन्द सरकारले चासो देखाई आवश्यक बजेट विनियोजन गरेर ताल संरक्षणका लागि ड्याम बांधि व्यवस्थित गरेको भए तालको अहिले यो अवस्था हुने थिएन, हामीले निरन्तर पहल गरिरहेका थियौं ।’ थापाले यसलाई व्यवस्थित गर्नका लागि ठुलो लगानि आवश्यक रहेकाले गाउँपालिकाको सिमित स्रोत र साधनले नपुग्ने बताए ।
प्रहरी निरिक्षक विजय तिमिल्सिनाको नेतृत्वमा ईलाका प्रहरी कार्याल गणेशपुरको सुरक्षाकर्मीको टिम, मातहतका निकाय, सशस्त्र विओपी विसनपुरको टोलि उद्धारका लागि तैनाथ अवस्थामा रहेको छ । गाउँपालिकावासीलाई कुनै समस्या पर्ना साथ उद्धारका लागि सुरक्षाकर्मीको टोलि तयारी अवस्थामा रहेको प्रहरी निरिक्षक विजय तिमिल्सिनाले बताए ।
शंकरपुर ताल जिल्लाको पश्चिमी क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको बुढापाका बताउछन । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानीय बताउँछन् । शंकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । (यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।)
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

वर्षाले शंकरपुर ताल फुटेपछि १५ गाउँ जोखिममा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51














