२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

टिकटक बनाउन खोज्दा भीरबाट खसेर मृत्यु

प्रकाशित मिति : २०७९ भाद्र १९ गते
File photo.
- ADVERTISEMENT -

दाङ / दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार, सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब ९ बजे भीरबाट खसेका थिए । करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको हो ।
मृतक केसी रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -