रत्ननगर / चितवन राप्तीका अग्रज पत्रकार विरबहादुर सिंजालीलाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । पूर्वी चितवन पत्रकार मञ्चले सिंजालीको उपचारका लागि २० हजार रुपैया आर्थिक सहयोग गरेको हो । सिंजालीको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको हो ।
मञ्चका अध्यक्ष होमनाथ सापकोटा, निर्वतमान अध्यक्ष रवि भट्ट, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष तथा मञ्चका उपाध्यक्ष राजेन्द्र आचार्यले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।
सिंजाली विगत लामो समयदेखि मधुमेह (सुगर)ले ग्रसित घरमै उपचाररत छन् । उपचार र औषधि खरिदमा आर्थिक अभाव भएपछि पूर्व उपाध्यक्ष समेत रहेका सिंजालीलाई आर्थिक सहयोग गरिएको अध्यक्ष सापकोटाले बताए ।
२०५५ सालदेखि पत्रकारिता सुर गरेका सिंजाली २०५८ सालमा पत्रकार महासंघको सदस्य बनेका थिए । ग्रामिण क्षेत्रका मुद्दाहरुलाई सञ्चार माध्यमद्धारा राज्यको ध्यानाकर्षण गराउन सिंजालीले खेलेको भूमिका अहम रहेको छ ।
मञ्चका अध्यक्ष सापकोटाले लामो समय पत्रकारितामा योगदान गरेका पत्रकारहरुलाई भत्ता दिने विषयमा राज्यले तोकेको उमेरहद अस्वभाविक रहेको बताए । उनले निरन्तर २० वर्ष काम गरेका पत्रकारहरुलाई कार्यअवधिका आधारमा भत्ताको व्यवस्था गर्न माग गरे ।
पत्रकार महासंघका कोषाध्यक्ष तथा मञ्चका उपाध्यक्ष आचार्यले स्थानीय तहको समन्वयमा पत्रकारहरुलाई औषधि उपचार खर्चको व्यवस्था गर्ने गरी पहलकदमी भइरहेको बताए ।
अग्रज पत्रकार सिंजालीले पेशाबाट अवकास लिएपछि रोग र भोकको अवस्था र्सिजना भएको बताए । मञ्चका सचिव ध्रुवराज खनालले सञ्चालन गरेको कार्यक्रममा सहसचिव विकास पौडेल, पत्रकारहरु निराजन घिमिरे, रामेश्वर रिजाल, विशाल आले, सन्तोष बस्ताकोटी, ध्रुव लामिछाने, मनिष अधिकारी, कमल ढकाल लगायतको सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका पत्रकार सिंजालीलाई उपचारको लागि आर्थिक सहयोग प्राप्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














