२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संघ र प्रदेश सभा निर्वाचन : प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

प्रकाशित मिति : २०७९ आश्विन २३ गते
File photo.

काठमाडौं / संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज (आइतबार) हुँदैछ । आगामी ४ मंसिरमा हुने निर्वाचनको लागि आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । मनोनयनको पूर्वसन्ध्यामा शनिबार आयोगले पत्रकार सम्मेलन गर्दै मनोनयनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
‘मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ताको कार्यक्रमका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।
दलहरूले वर्षालगायतका कारण मनोनयनमा समस्या हुने भन्दै कार्यतालिका फेरेर समयावधि बढाउन आग्रह गरेका थिए । तर, आयोगले त्यसलाई अस्वीकार गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले कार्यतालिका पुनरावलोकनको कुनै आधार नदेखेकाले परिवर्तन नहुने बताए । ‘निर्वाचन कार्यक्रमको तयारी गरिरहँदा केही समय थपिदिए हुन्थ्यो भन्ने सुझाव आएका हुन् ।
स्थानीय तह र समानुपातिकको बन्दसूची बुझाउन दुई दिनको समय दिइएकाले प्रत्यक्षतर्फको पनि दुई या तीन दिन राख्न आग्रह भएका थिए,’ उनले भने, ‘निर्वाचनसम्बन्धी कानुनमा उम्मेदवारी दर्ताको कार्यक्रम परिवर्तनका लागि कुनै पनि आधार नदेखेकाले यस विषयमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता ठानिएन ।
यसअघि दुई दिनको समय दिँदा भएको ढिलाइको तथ्य बुझेको आयोगले त्यो गर्न चाहेन । मनोनयन दर्ताका लागि २३ असोजको बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नै कायम छ ।’ आयोगले उम्मेदवारी दर्ता गराउन सम्बन्धित निर्वाचन क्षेत्रमा उपस्थित हुन नसक्नेका लागि काठमाडौंबाटै मनोनयन दर्ताको व्यवस्था गर्ने भएको छ ।
आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय जान नसक्ने अवस्थालाई हेरेर आयोगले केन्द्रबाटै सहजीकरण गर्न लागेको हो । यसका लागि बिहान १० बजे नै आवश्यक कागजात आयोगमा बुझाउनुपर्नेछ ।
‘राजनीतिक दल तथा उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढीपहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेको भए असोज २३ गते बिहान १० बजेभित्र निर्वाचन आयोगमा कागजात उपलब्ध गराएमा आयोगले आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा ८७ दल दर्ता छन् ।
तीमध्ये ७५ दललाई एकल निर्वाचनमा सहभागी हुन र १२ दललाई चार चिह्नबाट संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगले मान्यता दिएको थियो ।
त्यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा ७०, मधेसमा ७५, बागमतीमा ७२, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णालीमा ६४ र सुदूरपश्चिममा ६४ दल दर्ता भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51