चितवन / सौराहामा रहेको बछौली माविले धनधान्यान्चल ज्ञान महायज्ञको आयव्याय चार वर्षपछि सार्वजनिक गरेको छ । प्राविधिक शिक्षा तथा अंग्रेजी माध्यमको पढाई सुरु गर्न २०७५ साल माघमा महायज्ञ आयोजना गरिएको थियो ।
स्थानीय अगुवा लोकराज भूषालको नेतृत्वमा अभिभावकहरुले महायज्ञको आम्दानी खर्च सार्वजनिक गर्न लिखित माग गरेपछि विद्यालय व्यवस्थापन समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आयव्याय सार्वजनिक गरेको हो । महायज्ञमा १ करोड ५५ लाख ९१ हजार आम्दानी र १८ लाख ८२ हजार रुपैया खर्च भएको विद्यालयका प्रधानाध्यापक शिवराम महरठ्ठाले जानकारी दिए । महायज्ञमा बोलकबोल गरेको ५० लाख ८५ हजार रुपैया उठ्न बाँकी रहेको उनले जानकारी दिए ।
महायज्ञबाट संकलन भएको रकम कृषि विकास बैंकमा ५९ लाख २८ हजार, सोही बैंकमा अक्षय कोषको २ लाख ८७ हजार, मृगकुञ्ज सहकारीमा अक्षय कोषको ६ लाख ५० हजार रुपैया रहेको छ । दाताले दिएको चेक नसाटिएको १ लाख १ हजार रहेको छ ।
संकलित रकमबाट प्रविधिक शिक्षा सञ्चालनको लागि सम्बन्धनप्राप्त तथा ल्याव निर्माणको लागि १६ लाख ८ हजार रुपैया खर्च भएको प्रधानाध्यापक मरहठ्ठाले जानकारी दिए । कोरोनाका कारण महायज्ञमा रकम बोलेकाहरुबाट संकलन गर्न समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले जानकारी दिए । उनले महायज्ञको आर्थिक संकलन समितिले महायज्ञ सकिए लगतै खर्च अनुमोदन गरेको जानकारी दिए ।
पटक पटक लिखित आग्रह गरेका छौं उनले भने सौराहाका व्यवसायीहरुले कोरोनाका कारण रकम दिन सक्नु भएको छैन । उनले महायज्ञको उद्देश्य अनुसार नै प्राविधिक शिक्षा र अंग्रेजी माध्यममा पढाई सुरु भइसकेको छ । २०७६ सालबाट प्रविधिक शिक्षा र कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाई सुरु गरिएको छ ।
पत्रकार सम्मेलनमा स्थानीय अगुवा भूषालले विद्यालयलाई सही मार्गमा हिडाउन महायज्ञको आम्दानी खर्च सार्वजनिक गर्न माग गरिएको बताए । हामीले आर्थिक हिनामिनाको कुरा गरेका होइनौं उनले भने पारदर्शी रुपमा आम्दानी खर्च सार्वजनिक गर्न आग्रह गरेका हौं । भूषालले स्तम्भ र सिलापत्र निर्माण गरिसकेपछि सर्वपक्षिय भेलाको आयोजना गरी आम्दानी खर्च सार्वजनिक हुनुपर्ने माग गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बछौलीमा महायज्ञको बोलकबोल करिब ५१ लाख उठाउन सास्ती

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51












