चितवन / नारायणगढको शहीदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ ।
सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए । उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।’ ठाकुरका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ ।
तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । दश मिटर चौडाइको सडक निमार्णका लागि दुवैतर्फ छ देखि सात फिट गहिरो ढल खनिएको छ ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एउटा हो । यसका लागि रु ६८ करोड २३ लाखमा सम्झौता भएको थियो । शहीदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने रु ७१ करोड ३८ लाख रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए । कार्यालयले अब रु २१ करोड भुक्तानी गर्न बाँकी छ ।–रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

शहीदचोकदेखि कचपचेचोक सडक : चार वर्षमा पनि निर्माण अधुरै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72













