२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरद्वारा निवेदन परेकाको कित्ताकाट फुकुवा गर्ने निर्णय

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते

चितवन / भरतपुर महानगरपालिकाले कित्ताकाटका लागि निवेदन परेका मध्ये कार्यबिधि भित्र परेकाहरुलाई कित्ताकाटका लागि अनुमति दिएको छ । यही कात्र्तिक २ गते बसेको महानगरको बैठकले कित्ताकाटका लागि निवेदन परेकाहरुको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेसंगै अनुमति दिईएको हो ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार कित्ताको क्षेत्रफल पाँच हजार वर्गमिटरभन्दा कम अर्थात् १४ कट्ठा १५ धुरसम्म क्षेत्रफल भएको जग्गाको कित्ताकाटका लागि अनुमति दिईएको हो । गत साउन २४ गते देखि कित्ताकाट रोकिए पछि समस्यामा परेकाहरुले महानगरपालिकामा निवेदन दिएका थिए ।
निबेदन परेका मध्ये ४४४ निवेदनलाई कित्ताकाटका लागि अनुमिति दिईएको हो । पाँच हजार बर्गमिटर भन्दा बढी भएका १३ वटा निवेदन उपर भने निर्णय भएको छैन । महानगरको भूमि व्यवस्थापन महाशाखाका ई. शिवहरी अधिकारीका अनुसार पाँच हजार बर्गमिटर भन्दा माथि क्षेत्रफल भएको जग्गालाई कृषि क्षेत्र मानी कित्ताकाट रोकिएको छ ।
भू–उपयोग नियमावली, २०७९ को नियम ८ मा भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने आधार र मापदण्ड रहेको छ । यसै नियमावलीको अनुसूची १ को बुँदा क (९) मा बसोवास, व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भएता पनि कित्ताको क्षेत्रफल ५ हजार वर्गमिटरभन्दा बढी अर्थात् १४ कट्ठा १५ धुरभन्दा बढी खेती गरिएको वा खनजोत गरिएको वा पर्ती बाँझो जग्गा कृषि क्षेत्र भनी उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
जग्गालाई कृषि र गैरकृषि गरी हालका लागि २ विधामा छुट्टयाउन भनिएकोमा सबै वडाबाट सबै जग्गा गैरकृषि अर्थात् आवासीय भनी सिफारिस भएपछि महानगरको भूमि व्यवस्थापन शाखाले भू–उपयोग नियमावलीअनुसार गर्न वडामा परिपत्र गरेको छ । जेठ २३ गते सूचना जारी गरी ६ महिनाभित्र आआफ्नो क्षेत्रको जग्गा वर्गीकरण गर्न भनेको थियो ।
नियमअनुसार अब नेपालका जग्गाहरु विभिन्न १० खाले समूहमा वर्गीकरण गरिने छ । कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र भनि वर्गिकरण गरिएको छ । महानगरपालिकाले जग्गा बर्गिकरणका लागि प्रमुख रेनु दाहालको अध्यक्षतामा समिति गठन गरेको छ ।
समितिमा मालपोत, नापी, कृषि कार्यलयका प्रतिनिधि रहेका छन् । उपप्रमुख अधिकारीले तत्कालका लागि निबेदन परेकाहरु उपर सम्बोधन गरिएको भए पनि समितिले छलफल गरि कित्ताकाटको मापदण्ड तयार गरि काम अघि वढाउने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97