२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

विश्वकप-२०२२ : उद्घाटन खेलमा इक्वेडरसँग आयोजक कतार पराजित

प्रकाशित मिति : २०७९ मंसिर ५ गते
- ADVERTISEMENT -

काठमाडौं / विश्वकप फुटबल २०२२ को उद्घाटन खेलमा इक्वेडरले आयोजिक टिम कतारलाई २–० गोल अन्तरले पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरसँग विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक टोली पराजित भएको हो ।
उक्त खेलमा इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले नै दुई गोल गरेका हुन् । १९३० बाट सुरु भएको विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करणसम्म उद्घाटन खेलमा आयोजकले पराजय भोग्नु परेको थिएन ।
तर, दोहाको अल बेत रंगशालामा इक्वेडरको जितमा भ्यालेन्सियाले १६ र ३१औं मिनेटमा गोल गरेका थिए । कतार गोलकिपर साद अब्दुल्लाह अल सेबले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई अग्रता दिलाएका थिए ।
त्यसको १५ मिनेटपछि एन्जेलो प्रेसियाडोको क्रसलाई उत्कृष्ट हेड गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई २–० को सहज अवस्थामा पुर्याए ।
त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगबाट रेफ्रीले त्यसलाई अफसाइड करार दिएका थिए । जितसँगै समूह ए बाट इक्वेडरले महत्वपूर्ण तीन अंक जोडेको छ । कतार भने विना अंक छ ।

- ADVERTISEMENT -