काठमाडौं । मुलुकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । रवी लामिछाने नेतृत्व रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार बिहानसम्म तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो ।
उक्त पार्टीले काठमाडौंका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो । काठमाडौं–२ मा उपाध्यक्ष सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनले एमालेका मणिराम फुयाललाई हराइन । फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर ९ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन् । काठमाडौं ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ ।
पराजुली ८ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमा चित्त बुझाइन् । काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए ।
पाँच क्षेत्रमा लिड गर्दै स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी मतगणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो । सुनसरी–२ मा लालविक्रम थापा, काठमाडौं–६ मा शिशिर खनाल, चिवतन–१ मा हरि ढकाल र २ मा रवी लामिछाने तथा ललितपुर–३ मा तोसिमा कार्कीले लिड गरिरहेका हुन् । ७ असार ०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी मुलुककै कान्छो दल हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रास्वपाको ३ क्षेत्रमा जित, पाँचमा लिड जारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













